८ असार काठमाडौँ । इस्ट जोन यू १६ क्रिकेटमा सिंगापुरले नेपाललाई जितको लागि १३९ रनको लक्ष्य दिएको छ । मलेसियामा सुरु भएको खेलमा युकेयम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ३६ दशमलव एक ओभरमा अलआउट हुँदै १३८ रनमा समेटिएको हो।
सिंगापुर कप्तान रायन ५३ बलको सामना गर्दै ५३ रन बनाए आउट भए। उनलाई सचिन भट्टले आउट गरे। भट्टले ६ दशमलव १ ओभर बलिङ गर्दै ३ महत्वपूर्ण विकेट लिए।यस्तै ओपनर आहान भुटानडमले ३८ रन बनाए भने अर्का ओपनर रोहन अरुन ११ रनमा पेभिलियन फर्किए।
सिंगापुरका प्रनद मेदुरीले १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नेपालले ११ रन अतिरिक्त दिएको थियो।सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कप्तान विपिन शर्माले चार विकेट लिएका छन्। उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए। यस्तै अभय यादव र शुभम खनालले एक–एक विकेट लिए।