८ असार काठमाडौँ । नयाँबानेश्वरमा रहेको संघीय संसद् भवनको क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेर घाइते भएका छन् । उक्त कामदार छत मर्मतको काम गर्दागर्दै खसेका हुन् ।
उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको संसद् भवन परिसरका एक सुरक्षाकर्मीले जानकारी दिए ।
उनको कुहिना र गोडामा चोट लागेको छ ।फल्स सिलिङ भाँचिएर काम गर्दागर्दै उनी लडेका हुन् । घटना बारेथप विवरण आउन बाकी छ ।