९ असार काठमाडौँ । गोरखामा अिजो राती परेको भारी बर्षाका कारण मुख्य सडक भाँसिएर बाटो अवरुद्व भएको छ । सहिद लखन गाउँपालिका–७, स्थित ढुङ्गागाढे भन्ज्याङ्ग नजिकै सडक भासिँएको हो ।
उक्त सडकबाट ढुङ्गागाढे–खाब्दी भन्ज्याङ सडक पूर्णरुपमा अबरुद्ध भएको छ ।सडक भासिँएर दुईतर्फी नै सवारी आवागमन अबरुद्ध भएको छ । यो सडकमा गतबर्ष पनि बर्षाले सामान्य क्षति पुगेको र सडक समयमा मर्मत नहुँदा गएरातीको भीषण बर्षाले थप क्षति पुगेको हो ।
सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अबरुद्ध भएपनि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्रुहरु समस्यामा परेका छन् ।उक्त सडक अहिले पूर्वाधार विकास कार्यालय गोरखा मार्फत शनिबारदेखि पुनःनिर्माणको काम तिब्र गतिमा सुरु भई रहेको छ । हिजो देखि नै गोरखा लगायत स्थानमा निरन्तर बर्षा हुदा निर्माण कार्य प्रभावित बनेको हो ।