९ असार काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । आज चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार पनि सुन तोलाको एक लाख ९५ हजार २ सयमै कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको २१७० रुपैयाँमा कारोबार भइरहेको छ ।