९ असार काठमाडौँ । वैदेशिक रोजगारीमा ग्रीस पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा गोरखाका एक जना युवा पक्राउ परेका छन् । यस घटनामा पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका वडा न –४ का ३८ वर्षीय राजेश बराम रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई काठमाडौंको सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा अल्बानियाबाट ग्रीस पठाइदिने र त्यहाँ पुगेर विभिन्न कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ का तीन युवाहरुलाई पटक पटक गरि करिब २८ लाख रुपैयाँ ठगी गरेर फरार रहेका थिए ।
पिडितहरुले दिएको जाहेरी अनुसार खोज तलास गर्ने क्रममा काठमाडौंको सोह्रखुट्टेबाटलाई पक्राउ गरिएको हो । आज बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको छ ।
अभियुक्त बरामले तीन युवासँगै अरू मानिसहरूलाई पनि ठगी गरेको अनुसन्धानमा देखिएको अनुसन्धान कार्यालयले जनाएको छ । अनुसन्धान कार्यालयले यो ठगीलाई भिजिट भिसासित जोड्नुपर्ने कुनै कारण र प्रमाण, तथ्य छैन । अहिले उनी माथि थप अनुसन्धान भई रहेको छ ।