Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिकामा कमल नगदसहित सम्मानित

अमेरिकामा कमल नगदसहित सम्मानित

जोईन खबर

१०, आषाढ २०८२
  • 526
    SHARES
  • अमेरिकामा कमल नगदसहित सम्मानित

    १० असार काठमाडौँ । उमा कुङफु खेलाडी कमल मगर अमेरिकामा नगद सम्मानित भएका छन् । नेपालमा उमा कुङफु खेलको विकास र विस्तारमा योगदान पु¥याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा कमललाई सम्मान गरिएको हो ।कमललाई अमेरिकामा रहेका वरिष्ठ कानुन व्यवसायी खगेन्द्र घर्ती क्षेत्री, सिद्धार्थ लामालगायतले २ लाख ७४ हजार नगदसहित सम्मान गरेका हुन् । त्यसमा क्षेत्रीले १ लाख २ हजार ७ सय ५० र लामाले ६८ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्स क्लब, युएसएमा आयोजित कार्यक्रममा कमललाई प्रशंसा पत्रसहित नगद प्रदान गरिएको थियो ।

    images

    त्यसै अवसरमा न्युयोर्क स्टेट एसेम्बलीका सदस्य माननीय स्टेवन वी। रागाले कमललाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरी सम्मान गरे । त्यस्तै, न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजना गरिएको ‘हिमालयन स्ट्रिट फेयर–हाम्रो मेला’ कार्यक्रममा क्विन्स बरो अध्यक्ष माननीय डोनेभान रिचार्डले कमललाई ‘साइटेसन अफ अनर’ बाट सम्मान गरे ।सम्मानित भएपछि कमलले च्याम्पियन मार्सल आटर््स क्लबप्रति आभार व्यक्त गर्दै यस्तो सम्मानले खेलाडीलाई आफ्नो खेल जीवन अगाडि बढाउन प्रेरणा दिने बताउदै भविष्यमा पनि नेपाली खेलाडीलाई सहयोग गर्न आग्रह गरे । उनले क्लबका अध्यक्ष ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र क्लब परिवारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।सम्मान कार्यक्रममा च्याम्पियन मार्सल आटर््स क्लबका अध्यक्ष लामाले इमानदार, उत्तरदायी र सहयोगी खेलाडीका रूपमा परिचित कमलको सफलताले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा गौरवान्वित तुल्याएको बताए ।

    images
    images
    images

    उनले कमलको प्रेरणादायी यात्रा भविष्यका पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे सोलुखुम्बुको दूधकुण्ड नगरपालिका १० निवासी चौथो डान कमल प्रशिक्षक र निर्णायकको भूमिकामा पनि उत्तिकै सक्रिय रहेको नेपाल उमा कुङफु संघका उपाध्यक्ष सिद्धार्थ लामाले बताए ।कमलले इन्टरनेसनल ब्याटल अफ डेटोना, अमेरिका, युरोपियन च्याम्पियनसिप, बेलायत, डब्लुएमएसी प्यान्डेमिक गेम्स, अष्ट्रिया, १३ औं वल्र्ड मार्सल आटर््स गेम्स, क्रोएसिया, १२ औं डब्लुएमए वल्र्ड च्याम्पियनसिप, बेलायत र ७ औं वल्र्ड कुङफु च्याम्पियनसिप, थाइल्यान्डमा स्वर्ण स्वर्ण जितेका छन् ।

    उनले निर्णायकको रूपमा कमलले विभिन्न राष्ट्रिय उमा कुङफु च्याम्पियनसिप, उमा वल्र्ड च्याम्पियनसिप  ग्रीस, १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिप, भारत, केम्पो खुकुरी च्याम्पियनसिपलगायत विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।कमलले चीनको बेइजिङ साओलिन उसु स्कुलमा एक महिनाको विशेष प्रशिक्षण लिएर सियाङसिङवान, ब्रॉडस्वर्ड, डबल सेक्सन स्टाफ, नाइन सेक्सन ह्विप, कुङ फु फ्यान, कुडजेल, छिगोङ जस्ता विधामा दक्षता हासिल गरेका छन् । कमल नेपाल उमा कुङफु संघका महासचिव पनि हुन् ।

    प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - १०:५२:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको