Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ईरानले कतार र इराकस्थित अमेरिकी बेसहरूमा आक्रमण

ईरानले कतार र इराकस्थित अमेरिकी बेसहरूमा आक्रमण

जोईन खबर

१०, आषाढ २०८२
  • 499
    SHARES
  • ईरानले कतार र इराकस्थित अमेरिकी बेसहरूमा आक्रमण

    १० असार काठमाडौँ । ईरानले कतार र इराकस्थित अमेरिकी बेसहरूमा आक्रमण गरेको छ ।अमेरिकी अधिकारीहरूका अनुसार, ईरानबाट प्रक्षेपित गरिएको मिसाइलहरू कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूको दिशामा प्रहार भइरहेका छन्, र तिनीहरूको ट्र्याकिङ ९निगरानी० भइरहेको छ ।क्षति के कति भयो भन्ने सार्वजनिक भएको छैन ।

    images

    कतारको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीमार्फत उक्त आक्रमण सफलतापूर्वक रोकिएको  बताएको छ। घटनामा कुनै पनि मृत्यु वा घाइते नभएको पुष्टि गरिएको छ।इरानको रिभोलुसनरी गार्ड्सले पनि कतारस्थित अल उदेइद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ।

    images
    images
    images

    कतारी रक्षा मन्त्रालयले कुनै मानवीय क्षति नभएको बताएको छ।अल उदेइदमा १० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्। पश्चिम एसियाका अनेकौँ मुलुकमा ४० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्।इरानले यहाँ आक्रमण गर्नुअघि कतार सरकारलाई जानकारी दिएको इरानी अधिकारीहरुले बताएका छन्। त्यसैले यसलाई थुप्रैले सांकेतिक हमलाका रूपमा पनि लिएका छन्।

    प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - ११:०६:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको