१० असार काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौँ नेपालीको बिचल्ली भएको छ ।
राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भए हो । त्यस पछि उनीहरुलाई केही समय पछि उडन हुने भने पछि एयरपोर्ट मै रात कटाएका थिए ।
इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ।
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि कतारको हवाई क्षेत्र प्रभावित भएको थियो । उनीहरुले विभिन्न देशको उडन केही समय सम्म बन्द गरिएको हो ।