Logo

बिहिवार, कार्तिक १३ गते २०८३

समाजवादीका अध्यक्ष नेपाल आज विशेष अदालतमा हाजिर हुँदै

समाजवादीका अध्यक्ष नेपाल आज विशेष अदालतमा हाजिर हुँदै

जोईन खबर

११, आषाढ २०८२
  • 586
    SHARES
  • समाजवादीका अध्यक्ष नेपाल आज विशेष अदालतमा हाजिर हुँदै

    ११ असार काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदै छन् । नेपाल निकट एक कानुन व्यवसायीका अनुसार पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी उपस्थित हुन लागेका हुन् ।

    images

    पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका क्रममा उनी अदालतमा आफैँ हाजिर हुन जाने भएका हुन् ।

    images
    images
    images

    अदालतको दैनिक मुद्दा सूची आउनासाथ नेपाललाई त्यहाँ लगिने बुझिएको छ ।गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।

     

     

    प्रकाशित मिति :आषाढ ११, २०८२ बुधवार - ११:०३:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको