११ असार काठमाडौँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौँ शिक्षा विकास समिति र समृद्व ताकु युवा समाज काठमाडौँको संयुक्त आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११ र १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर भेटघाटा र चिन जान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । यस संस्थाको संयुक्त आयोजनामा विशेष गरेर संस्थाका आजीवन सदस्यका छोरा छोरीहरु एसईई र कक्षा ११ र १२ को परिक्षा दिएर बसेका भाईबहिनीहरुलाई दुवै संस्थाको सहमतिमा ढुङ्गेधारा च्छोरोल्पा पार्टी प्यालेसमा यही असार १४ गते शनिबार सहभागि हुन अनुरोध समेत गरेका छन् ।
संस्थाले एसईई र कक्षा ११ र १२ को परिक्षा दिएर बसेका विद्यार्थीलाई अब के पढ्ने र कसरी विषय छान्ने भन्नेलगायतका शीर्षकमा सुझाव र सल्लाह दिने गोरखा ताकुकोट सेवा समाज काठमाडौँका शिक्षा बिकास समितिका संयोजक राजन बाबु श्रेष्ठले जानकारी दिनु भयो । यसै गरि एसईई र कक्षा ११ र १२ परिक्षाको रिजल्ट पर्खेर बसेका विद्यार्थीहरुलाई अब आउने दिनमा के पढ्ने भन्ने विषयमा अनभिज्ञ हुने भएकाले विद्यार्थीहरुलाई द करियर ल्याब अन्वेषण गर्नुहोस् र पत्ता लगाउनुहोस् ,योजना बनाउनुहोस् आफुलाई पछि सम्म सजिलो हुने विषय छान्न सुझाव र सल्लाह दिने समेत रहेको समृद्ध ताकु युवा समाज काठमाडौँको उपाध्यक्ष मधुकर खड्काले जानकारी दिनु भयो ।
गोरखा ताकाुकोट सेवा समाज काठमाडौँले अघिल्लो बर्ष देखि सुरु गरेको अन्तरक्रिया कार्यक्रममा यो बर्ष भने समृद्ध ताकु युवा समाज काठमाडौले पनि संयुक्त रुपमा गर्ने भएको हो । दुवै संस्थाले छुटाछुट्टै गर्दा बिधार्थी संख्या पनि कम हुने भएकोले संयुक्त रुपमा गर्ने तयारी भएको छ । यस कार्यक्रममा संस्थामा आजीवन सदस्य बनेका छोरा छोरीहरुले रिजल्ट आए पछि के पढ्ने, कस्तो विषय रोज्ने र कुन विद्यालयमा पढ्ने भन्ने चिन्तासाथै आफ्नो रोजाई के हो र रुची कुन विषयमा हो त्यसमा समेत स्पष्ट पार्न यो आयोजना गर्न लागिएको हो । यस गोरखा ताकुकोट सेवा समाज काठमाडौँ शिक्षा विकास समिति र समृद्ध ताकु युवा समाज काठमाडौँले संयुक्त रुपमा गर्न लागेको कार्यक्रम बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका प्रदेश सचिव दिपेन्द्र सुवेदी समेत उपस्थिति हुनु हुन्छ ।
यस कार्यक्रममा विभिन्न बृद्विजिविहरुले आफनो भनाइ राख्ने छन् ।यस कार्यक्रमको मुख्या शिर्षक भने विज्ञ वक्ताबाट करियरसम्बन्धी छलफल,प्रयोगात्मक कार्यशालाहरू,एकएक जना विद्यार्थीलाई व्यक्तिगत सल्लाह, करियर मूल्यांकनअध्ययन र रोजगारीका विविध अवसरहरूको जानकारी राम्रो कुराहरुको बिषयमा छलफल गरिने छ । यस कार्यक्रममा सहभागि हुन ताकुकोट बासी र ताकुमाझलाकुरिबोट बासीलाइ सहभागि हुन यस संस्थाले दिएको लिङ्कमा क्लिक र समयमा नाम दर्ता गर्न अनुरोध गरिएको छ । कार्यक्रमको अरु केही जानकारी लिनाको लागि गोरखा ताकुकोट सेवा समाज शिक्षा विकास समिति संयोजक राजन बाबु श्रेष्ठ ९८५१०६९९४३ र समृद्ध ताकु युवा समाज उपाध्यक्ष मधुकर खड्काको ९८४१५४१२५१ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।