Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 रत्नपार्कको विद्युत प्राधिकरण अगाडी इलेक्ट्रिक स्कुटरमा एक्कसी आगो लागि

 रत्नपार्कको विद्युत प्राधिकरण अगाडी इलेक्ट्रिक स्कुटरमा एक्कसी आगो लागि

जोईन खबर

११, आषाढ २०८२
  • 577
    SHARES
  •  रत्नपार्कको विद्युत प्राधिकरण अगाडी इलेक्ट्रिक स्कुटरमा एक्कसी आगो लागि

    ११ असार काठमाडौँ । गुडिरहेको अवस्थामा इलेक्ट्रिक स्कुटरमा आगो लागेको छ । रत्नपार्कमा बुधबार बिहान करिब ९ ५५ बजेतिर बागमती प्रदेश ०२(०१९ प ६२४५ नम्बरको स्कुटरमा आगो लागेको हो ।

    images

    आगलागीको जानकारी पाउनासाथ नेपाल प्रहरीको टोली तत्काल दमक सहित  घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरी वृत्त, सिंहदरबारले जानकारी दिएको छ । प्रहरीका अनुसार स्कुटरमा सवार ३३ वर्षीया चालक सकुशल रहेकी छन् । स्कुटरको ब्याट्रीमा सर्ट सर्किट भएको कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    images
    images
    images

    ev.png

    नेपाली बजारमा २ लाख ७५ हजार रुपैयाँमा बिक्री भइरहेको प्योर ईभी स्कुटर नेपालका लागि ह्वाइट लोटस मोटर्सले आयात तथा वितरण गर्दै आएको हो। रत्नपार्कको सडकमा अचानक स्कुटरबाट धुवा निस्किन थालेपछि केही क्षणमै आगोको रूप लिएको थियो।

    यसअघि पनि विभिन्न ब्रान्डका विद्युतीय सवारीमा यस्ता समस्या देखिएकाले विद्युत सवारी साधनको सुरक्षामाथि प्रश्न उठ्दै आएको छ।

    so2.jpeg

     

    प्रकाशित मिति :आषाढ ११, २०८२ बुधवार - १४:१७:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको