११ असार काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बुधवार विशेष अदालतमा उपस्थित भएका छन्।
पतञ्जली जग्गा घोटाला प्रकरणमा बयान दिन अध्यक्ष नेपाल अदालतमा उपस्थित भएका हुन्।विशेष अदालतस्रोतका अनुसार न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा पूर्वप्रधानमन्त्री नेपालको बयान सकिएको छ। अहिले चिया ब्रेकपछि थुनछेक बहस सुरु हुनेछ।
नेपालका तर्फबाट बहस गर्न सयौँ अधिवक्ताहरूले नाम टिपाएका छन्। अख्तियारले सुशील पन्तलाई बहसका लागि निजी वकिलका रूपमा नियुक्त गरेको छ । अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।