Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण

खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण

जोईन खबर

१२, आषाढ २०८२
  • 523
    SHARES
  • खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण

    १२ असार काठमाडौँ । लागु औषध प्रयोगबारे सचेतना पैmलाउन नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ ।संयुक्त राष्ट्र संघ लागु औषध नियन्त्रण कार्यक्रमले लागु पदार्थको रोकथाम खेलकुद र खेलाडीमार्पmत गर्नुपर्ने मान्यता राख्ने गर्दछ । खेलाडीहरूसँग नै यसविरुद्ध लड्ने ठूलो साहश र शक्ति हुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) र लागु पदार्थ तथा एड्सविरुद्ध नेपाल खेलकुद महासंघको संयुक्त आयोजना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको ओडिटोरियम हलमा आयोजित कार्यक्रममा बुधबार एक दिने प्रशिक्षण आयोजना गरेको हो ।

    images

    नेपालमा  आज असार १२ गते लागु औषधविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ ।सोही अवसरमा यसको रोकथामबारे अभियान चलाउने उद्देश्यअनुरूप उक्त कार्यक्रम गरिएको एड्सविरुद्ध खेलकुद महासंघका अध्यक्ष ऋषिराज ओझाले जानकारी दिए । उक्त कार्यक्रममा करिब दुई सय जना सहभागी भएको ओझाले जानकारी दिए । लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षणमा न्यार्कोटिकभित्र एन्टी डोपिङ पनि समावेश गरिएको छ । राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई एन्टि डोपिङका बारेमा प्रशिक्षण दिइएको हो ।

    images
    images
    images

    यस प्रशिक्षणमा लागुऔष सेवनले कस्तो असर पर्छ र यसको रोकथामका लागि खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे कक्षासहित विभिन्न वक्ताले धारणा राखेका थिए ।उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पियन तथा धाविका सन्तोषी श्रेष्ठ, युएनओडीसीका हेड अलिरिच मैइजर र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायतले धारणा राखेका थिए ।

    उक्त कार्यक्रममा सदस्यसचिव घिसिङले भने एन्टी डोपिङका बारेमा सबै खेलाडीले बुझ्नु जरुरी रहेको र यसको सेवनले खेलाडीको खेलजीवनै समाप्त हुनबारे धारणा राखेका थिए । त्यसैले हरेक खेलाडीले यस विषयमा सचेत हुनु पर्ने र यस्ता कार्यक्रम खेलाडीका लागि निकै फलदायी हुने उनको भनाइ थियो ।साथै उक्त प्रशिक्षणमा एन्टिडोपिङ भनेको के हो रु यसको सेवनले के हुन्छ रु कस्तो अवस्थामा यसको चेकजाँच हुन्छ रु यसले खेलाडीको जीवनमा कस्तो प्रभाव पार्छ र आम सर्वसाधरण जन्तालाई एन्टी डोपिङ बारेमा बुझाउन खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे प्रशिक्षण कक्षा सहित विभिन्न वक्ताले धारणा पनि राखेका थिए ।

    प्रकाशित मिति :आषाढ १२, २०८२ बिहिवार - ११:४१:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको