१३ असार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बूने भएको छ । बैठक भोली शनिबार बिहान ९ बजेका लागि तयार गरिएको हो ।
बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाक्रमबारे छलफल हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दै संसदमा विरोध गर्दै आएको छ ।उसले बेल घेरेर नाराबाजीसँगै संसद नै बहिस्कार समेत गर्दै आएको छ।