Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 २९ औं एसियाली युथ टेबलटेनिसमा नेपाल प्रिक्वाटरफाइनलमा

 २९ औं एसियाली युथ टेबलटेनिसमा नेपाल प्रिक्वाटरफाइनलमा

जोईन खबर

१३, आषाढ २०८२
  • 532
    SHARES
  •  २९ औं एसियाली युथ टेबलटेनिसमा नेपाल प्रिक्वाटरफाइनलमा

    १३ असार काठमाडौँ । नेपाल २९ औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो ।

    images
    images
    images

    ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् ।नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल सहभागी छन् ।

    नेपालको समूहमा भारत र साउदी अरबिया छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो ।प्रिक्वाटरफाइनलमा नेपालले मलसेयाको सामना गर्ने छ ।

    टोली प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबलटेनिसको इतिहासमा यो सफलता ऐतिहासिक भएको बताए ।

    प्रकाशित मिति :आषाढ १३, २०८२ शुक्रवार - १०:४८:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको