Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज आउने सम्भावना न्यून, परीक्षा बोर्डको बैठक बस्दै

 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज आउने सम्भावना न्यून, परीक्षा बोर्डको बैठक बस्दै

जोईन खबर

१३, आषाढ २०८२
  • 667
    SHARES
  •  माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज आउने सम्भावना न्यून, परीक्षा बोर्डको बैठक बस्दै

    १३ असार काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईईको एसईईको नतिजा बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ । बोर्डको बैठक बस्न लागे पनि एसईईको नतिजा आज आउने सम्भावना न्यून रहेको छ ।बोर्डको पूर्व तयारी बैठक बस्दै छ । त्यसमा आज नै नतिजा सार्वजनिक गर्ने विषयमा निर्णय हुने सम्भावना कम रहेको  बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मा जानकारी दिनु भयो ।

    images

    अध्यक्ष शर्माले भने । प्राविधिक कार्य नसकिएकाले आजको सम्भावना कम देखिएको उनको भनाइ छ । प्राविधिक काम नसकिएको र त्यो काम सम्पन्न भएको खण्डमा आजै नतिजा प्रकाशनबारे निर्णय गरिने बताए ।

    images
    images
    images

    नतिजाहरूको अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको छ । अंकमा गरिएको मूल्याङ्कनलाई बोर्डको सफ्टवेयरले अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको हो ।

    यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । 

    प्रकाशित मिति :आषाढ १३, २०८२ शुक्रवार - ११:११:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको