Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय महिला ह्याण्डबल लिग चरणका खेल सकिए, सेमिफाइनल र फाइनल भोलि

राष्ट्रिय महिला ह्याण्डबल लिग चरणका खेल सकिए, सेमिफाइनल र फाइनल भोलि

जोईन खबर

१३, आषाढ २०८२
  • 676
    SHARES
  • राष्ट्रिय महिला ह्याण्डबल लिग चरणका खेल सकिए, सेमिफाइनल र फाइनल भोलि

    १३ असार काठमाडौँ । पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०८२ मा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन एवं बुल्समेन क्लबको सहयोगमा जारि प्रतियोगितामा शुक्रबार ६ खेल सकिएसँगै लिग चरण सम्पन्न भएको हो ।प्रतियोगितामा एपिएफ र आर्मी आ–आफ्नो समूहमा विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् भनेआयोजक गण्डकी प्रदेश र कोशी उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरे ।

    images

    शुक्रबार समूह ।ए’ तर्फ भएको खेलमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई १६–२ रबागमती प्रदेशलाई १०–३ गोलअन्तरले हरायो । यस्तै एपिएफले मधेश प्रदेशलाई २२–ले हराएको छ । समूह बि’ तर्फ भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३१–९ र लुम्बिनी प्रदेशलाई १०–२ गोलअन्तरले हराएको छ । त्रिभुवन आर्मीले कर्णालीलाई २२–४ ले हराएको छ । समूह ए बाट एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले ३ खेलमा ३ जितसहित ९ अंक बटुल्दा दोस्रो भएको गण्डकीले ३ खेलमा २ जित १ हारसहित ६ अंक हासिल ग¥यो ।

    images
    images
    images

    ke.jpg

    बागमती ३ खेलमा १ जित २ हारका साथ तेस्रो स्थानमा रहँदा मधेश जित विहिन रह्यो । समूह बि बाट आर्मी ३ खेलमा ३ जितसहित ६ अंकका साथ शिर्षस्थानमा रह्यो । कोशी ३ खेलमा २ जित १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । कर्णाली ३ खेलमा १ जित २ हारसहित ३ अंकका साथ तेस्रो र लुम्बिनी ३ हारसहित अंकविहिन रहदै पुछारमा रह्यो । भोलि सेमीफाइनलमा कोशी प्रदेशले एपिएफको र गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ ।

    rp.jpg

    सेमीफाइनल सकिएपश्चात फाइनल खेल हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए । प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण
    सिंह बस्नेतले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ १३, २०८२ शुक्रवार - १७:२७:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको