Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभाको बैठक १ः०० बजे बस्दै 

प्रतिनिधिसभाको बैठक १ः०० बजे बस्दै 

जोईन खबर

१५, आषाढ २०८२
  • 517
    SHARES
  • प्रतिनिधिसभाको बैठक १ः०० बजे बस्दै 

    १५ असार काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।

    images

    प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो।आजका लागि निर्धारित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

    images
    images
    images

    सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ।प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाइनेछ। राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन्। 

    प्रकाशित मिति :आषाढ १५, २०८२ आइतवार - १०:३१:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको