१५ असार काठमाडौँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौं र समृद्ध ताकु युवा समाज काठमाडौको संयुक्त आयोजनामा अभिभावक बिधार्थीहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम ढुङ्गेधारा च्छोरोल्पा पार्टी प्यालेसमा सम्मपन्न भएको हो । उक्त संस्थाले ताकुकोट बासी तथा यसै संस्थाका आजिवन सदस्य लगायत दुवै संस्थामा सदस्या रहेका छोरा छोरीहरुलाई यस बर्ष एसईई दिएर १२ कक्षा,ब्याचर्ला पढदै गरेका बिधार्थीहरूलाई कस्तो बिषय पढन कस्तो तयारी गर्ने बारेमा छलफल गरिएको थियो । यश बिधार्थी संग अन्तरक्रिया कार्यक्रममा विभिन्न व्यक्तिहरूले आफ्नो आफ्नो भनाई राखेका थिए। यसै कार्यक्रम गोरखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष अनुप श्रेष्ठको अध्यक्षता र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्ट प्रमुख अथितिमा कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरि उद्वघाटन गरिएको थियो । यसै कार्यक्रम समृद्व ताकु युवा समाज काठमाडौँका अध्यक्ष राजेन्द्र रायामाझीको विशिष्ट अथितिमा सम्पन्न गरिएको हो ।

यसै कार्यक्रमलाई मध्यनजर गर्दै बिधार्थीहरु एसईई दिए पछि वा १२ पास गरे पछि के पढने र त्यो १२ कक्षा पास पछि आफनो भविष्य कसरी अघि बढाउने भने बारेमा विभिन्न व्यक्तिहरुले सूझाव दिएका थिए । बिधार्थीहरुलाई उनीहरुको सोच विचार अनुसारको बिषय अध्यान गर्दा जागिर देखि पढाईको सदुपयोग कसरी गर्ने भने बारे थुप्रै व्यक्तिहरुले आफनो सुझाव दिएका थिए । कार्यक्रम सबै भन्दा पहिला चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)ले बिधार्थी भाई बहिनीहरुलाई आफु पढाईमा नजाने भए पनि अरु अरु तरिकाबाट पनि आफनो जिवनलाई उच्च बनाउन सकिने बारे बताए । त्यसै गरि शिक्षा क्षेत्रका विज्ञहरु ध्रुव सुवेदी, ज्ञानेन्द्र भट्टले कुनै पनि बिषयमा अध्यान गर्न मन हुदा हुदा पनि आर्थिक अवस्था लागत कसरी सहकार्य गर्ने बारे जानकारी दिनु भयो ।

अन्तरक्रिया कार्यक्रमको शिलशिलामा गोरखा ताकुकोट सेवा समाज काठमाडौँका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद पनेरुले अधिवक्त पढने बारे जानकारी दिनु भयो । शिक्षा क्षेत्रमा आफुलाई मन हुदा हुदा पनि परिक्षाको नतिजा नराम्रो आए पनि धेरै तरिकाबाट आफु सफल हुने समेत सुझाव राखेका थिए।अन्तरक्रिया कार्यक्रमको सहजिकरणमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँका उपाध्यक्ष तथा शिक्षा विकास समितिका संयोजक राजन बाबु श्रेष्ठले सिटिभिटिबाट के के कुरा पढन पाउने बारे सम्पूर्ण कुराहरुको जानकारी दिनु भयो ।

सैनिक स्कुलका अंग्रेजी शिक्षक अर्जुन बस्नेतले पनि शिक्षा क्षेत्रको बारेमा गर्ने सकिने परिर्वतनको बारेमा आफनो मनतव्य राख्नु भएको थियो । हिजोको कार्यक्रम संचालन समृद्व ताकु युवा समाज काठमाडौँका उपाध्यक्ष मधुकर खड्काले गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रम विभिन्न सरकारी पदमा रहेका व्यक्तिहरूको राम्रो उपस्थिति थियो । सोहि कार्यक्रममा संकल्प गोरखाका अध्यक्ष बुद्वी बहादुर खत्रीले बिधार्थी संग अन्तरक्रिया कार्यक्रममा जिवन के हो भने कुरा राख्दै सम्पन्न भएको थियो ।














