Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 अदालतबाट भागेका थुनुवा  फेरी पक्राउ

 अदालतबाट भागेका थुनुवा  फेरी पक्राउ

जोईन खबर

१५, आषाढ २०८२
  • 646
    SHARES
  •  अदालतबाट भागेका थुनुवा  फेरी पक्राउ

    १५ असार काठमाडौँ । काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा पक्राउ परेका छन्।आइतबार बिहान पौने ११ बजे जिल्ला अदालत काठमाडौंबाट २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही भागेका थिए।उनलाई प्रहरीले साँझ ५ बजेतिर गोंगबु बसपार्कमा रहेको मल क्षेत्रबाट पक्राउ गरेको थियो । फरार भएका शाही हतकडीसहित पक्राउ  परेका हुन् ।

    images

    रूकुम पश्चिम घर भई गोंगबु बस्ने शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेले जेठ २० गते पक्राउ गरेको थियो।चोरी मुद्दामा अनुसन्धान सकेर उनलाई थुनछेकका लागि अदालतमा लगिएको थियो। भित्र हतकडी लगाउन पाइँदैन थियो ।

    images
    images
    images

    तर पिसाब लाग्यो भनेपछि शौचालय लगिएको थियो।  त्यसपछि झ्यालबाट हतकडीसहित हामफालेर भागेका हुन्। झ्यालबाट हामफालेपछि उनले लगाइरहेको ज्याकेट फुकालेर हतकडी लुकाएका थिए।त्यसपछि एउटा राइड शेयरिङका राइडरलाई बसपार्क पुराइ दिनु भनेका हुन् । 

    प्रकाशित मिति :आषाढ १५, २०८२ आइतवार - १८:२५:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको