Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आरुघाट गाउँपालिकाको  सिद्धदेवी मावि विद्यालयमा यस बर्षको एसईई परिक्षाको नजिता शून्य, अभिभावकहरुले तालाबन्दी

आरुघाट गाउँपालिकाको  सिद्धदेवी मावि विद्यालयमा यस बर्षको एसईई परिक्षाको नजिता शून्य, अभिभावकहरुले तालाबन्दी

जोईन खबर

१६, आषाढ २०८२
  • 406
    SHARES
  • आरुघाट गाउँपालिकाको  सिद्धदेवी मावि विद्यालयमा यस बर्षको एसईई परिक्षाको नजिता शून्य, अभिभावकहरुले तालाबन्दी

    १६ असार काठमाडौँ । गोरखाको एक विद्यालयमा यस बर्षको एसईई परिक्षाको नतिजा शून्य आएको छ ।  आरुघाट गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयमा यो बर्ष  एसईई परिक्षामा एक जना पनि पास नभए पछि त्यहाँका अभिभावकहरुले विद्यालयको मुल ढोकामा तालाबन्दी गरेका छन् ।

    images

    उनीहरुले एसईईको नतिजा प्रकाशन भएको भोली पल्टा तालाबन्दी गरेका हुन् ।तालाबन्दी पछी आज सोमबार विद्यालय र अभिभावकहरु बिच छलफल भइ रहेको छ ।  उनीहरु बिच बिहानैदेखी छलफल चलिरहेको र निष्कष ननिस्केमा दिउसो ११ बजे पालिकामा छलफल हुने  गाउँपालिकाका शिक्षाा, युवा तथ खेलकुद शाखा प्रमुख करुणा पनेरुले  बताउनु भयो । आरुघाट गाउँपालिका १० को आरुचनौटे क्षेत्रमा रहेको सिद्धदेवी माविमा पढ्ने १० जना विद्यार्थीको यस पटक एसईई दिएकोमा नतिजा शून्य आएपछि अभिभावकले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

    images
    images
    images

    le.jpeg

    अभिभावकले विद्यालय प्रशासनको कामप्रति असन्तुष्टि जनाउँदै प्रधानाध्यापकको राजीनामा समेत मागेका थिए । प्रधानाध्यापकको राजीनामा माग गर्दे अभिभावकले औपचारिक रूपमा ज्ञापनपत्र समेत बुझाएका थिए ।यसै सन्दर्भलाई लिएर आज बिहान ७ बजेदेखी अभिभावक र विद्यालय बिच छलफल चलिरहेको छ । छलफलबाट निष्कर्ष निस्किएन भने दिउसो पालिकामा नै छलफलको आयोजना गरीएको हो । 

    प्रकाशित मिति :आषाढ १६, २०८२ सोमवार - ११:०७:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको