२१ बैशाख काठमाडौ। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज काठमाडौँ ल्याइँदै छ।बुद्ध एयरको जहाजमार्फत उनलाई काठमाडौँ ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए ।नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि सन्दीप बुधबार बुटवलबाट पक्राउ परेका थिए ।उनीलाई गएराति जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।
यसबारे अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौँबाट एमाले सचिव रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो । प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरूको बयानका आधारमा प्रहरीले मङ्गलवार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्व गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।