१६ असार काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई वटा ट्रक ठोक्किँदा घाइते भएका चालकको उद्धार गरिएको छ ।
आइतबार साँझ एउटै दिशाबाट जाँदै गरेका दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । सो क्रममा स्टेरिङमा च्यापिएका चालकलाई तीन घण्टापछि ट्रकको झ्याल काटेर निकालिएको हो ।
तीन घढटापछि उद्धार गरिएका चालक चितवनको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय अरुण श्रेष्ठ छन् ।उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं.१४ गण मकवानपुरबाट सशस्त्र प्रहरीले उद्धार गरेका हुन् ।
हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै ट्रक सडकको बायाँतर्फको साइडमा पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक हुन् । दुवै ट्रकमा चालक बाहेक अन्य कोही नरहेको बताइएको छ ।