Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

जोईन खबर

१६, आषाढ २०८२
  • 673
    SHARES
  • चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

    १६ असार काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जीप सफारी बन्द गरेको छ ।

    images

    निकुञ्जले आज एक  सूचना निकालेर वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जीप सफारी बन्द गरेको जनाएको छ ।

    images
    images
    images

    असोजको पहिलो वा दोस्रो हप्तासम्म जीप सफारी बन्द गरिएको हो । त्यति बेला ठूलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि वर्षा कम भएमा असोजको पहिलो हप्ता सफारी खुल्नेछ ।

    यस निकुञ्जको सौरहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट ९ वटा जीपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् । 

    प्रकाशित मिति :आषाढ १६, २०८२ सोमवार - १५:२७:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको