Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पहिरोले अवरुद्ध हुँदा सवारी जाममा परेको एम्बुलेन्समै एक बिरामीको मृत्यु

पहिरोले अवरुद्ध हुँदा सवारी जाममा परेको एम्बुलेन्समै एक बिरामीको मृत्यु

जोईन खबर

१७, आषाढ २०८२
  • 487
    SHARES
  • पहिरोले अवरुद्ध हुँदा सवारी जाममा परेको एम्बुलेन्समै एक बिरामीको मृत्यु

    १७ असार काठमाडौँ । हिजो बीपी राजमार्गको  पहिरोले अवरुद्ध हुँदा सवारी जाममा परेको एम्बुलेन्समै एक बिरामीको मृत्यु भएको छ। ब्रेन ह्यामरेज’ भएर काठमाडौं ल्याउँदै गरेको अवस्थामा महोत्तरीको मनरा शिसवा नगरपालिका-२ का भरतलाल झाको एम्बुलेन्सभित्रै मृत्यु भएको आफन्तले बताएका छन्।

    images

    मृत्युपछि उनको शव सोही एम्बुलेन्समा महोत्तरी नै फर्काइएको छ।तर, जिल्ला प्रहरी कार्यालय काभ्रेले भने मंगलबार लामो समयसम्म एम्बुलेन्स पहिरोमा नरोकिएको दाबी गरेको छ। सडक माथिबाट आएको लेदोको कारण सोमबार दिउँसो बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका–९ नार्केमा केही घण्टा सडक अवरुद्ध भएको थियो।

    images
    images
    images

    उपचारको लागि काठमाडौँ ल्याउँदै गरेका एक बिरामीको भकुन्डेमा आएपछि स्थानीय एक अस्पतालमा जाँच गर्दा मृत्यु भएको बताए । हिजो हामीले पहिरो खसेर सडक अवरुद्ध हुनुअघि नै ४ वटा एम्बुलेन्सलाई नार्के पार गराइसकेको काभ्रेका प्रहरीले बताए । 

    प्रकाशित मिति :आषाढ १७, २०८२ मंगलवार - १०:५२:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको