Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ विश्वकै लाजमर्दो राजनीतिक ठगीको संज्ञा : पूर्वप्रधानमन्त्री भट्टराई

निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ विश्वकै लाजमर्दो राजनीतिक ठगीको संज्ञा : पूर्वप्रधानमन्त्री भट्टराई

जोईन खबर

१७, आषाढ २०८२
  • 526
    SHARES
  • निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ विश्वकै लाजमर्दो राजनीतिक ठगीको संज्ञा : पूर्वप्रधानमन्त्री भट्टराई

    १७ असार काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संघीय निजामती सेवा विधेयकमा संसदको राज्य व्यवस्था समितिबाट पारित गरिएको ‘कुलिङ अफ पिरियड’ प्रावधानलाई जालसाजीपूर्ण ढंगले हटाइएको घटनालाई विश्वकै लाजमर्दो राजनीतिक ठगीको संज्ञा दिएका छन्।

    images

    मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले यस्तो कार्यले नेपालमा राज्य संरचना र राजनीतिक नेतृत्व कति हदसम्म साँठगाँठमा आधारित छ भन्ने तथ्य उजागर भएको बताएका छन्।

    images
    images
    images

    कूलिंग अफ पिरियड भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठूलो सरकारी भाग खान २ वर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराइएको घटना नेपाल मात्र हैन, विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगीको घटना हुनुपर्छ,’ भट्टराईले लेखेका छन्।

    प्रकाशित मिति :आषाढ १७, २०८२ मंगलवार - १६:१०:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको