Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाका नेता ढकालले दायर गरेको रिट हेर्न नभ्याइनेमा

रास्वपाका नेता ढकालले दायर गरेको रिट हेर्न नभ्याइनेमा

जोईन खबर

१७, आषाढ २०८२
  • 508
    SHARES
  • रास्वपाका नेता ढकालले दायर गरेको रिट हेर्न नभ्याइनेमा

    १७ असार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दाबी गर्दै अन्तरिम आदेशका लागि मुकुल ढकालले दायर गरेको रिट हेर्न नभ्याइने भएको छ ।उक्त रिटमाथि सर्वोच्च अदालतले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

    images

    न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासको १८ औँ नम्बरमा आज तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।यसअघि गत असार १२ गते उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

    images
    images
    images

    रास्वपाले ढकाललाई २०८१ भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको थियो ।त्यसपूर्व २०८१ असार २० गते पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै पार्टीले ढकाललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो ।

    प्रकाशित मिति :आषाढ १७, २०८२ मंगलवार - १७:५३:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको