Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली कांग्रेसका नेता यादवको निधन

नेपाली कांग्रेसका नेता यादवको निधन

जोईन खबर

१८, आषाढ २०८२
  • 502
    SHARES
  • नेपाली कांग्रेसका नेता यादवको निधन

    १८ असार काठमाडौँ । संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा निधन भएको छ ।

    images

    बाराको सुवर्ण गाउँपालिका -२ कवहीजगात निवासी यादवको बुधबार बिहान वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यादव मधुमेहबाट पीडित थिए ।

    images
    images
    images

    यादव २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । स्व. यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन्।

    पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि बुधबार दिउँसो १ बजे आफ्नै गाउँ कवहीमा गरिनेछ।

    प्रकाशित मिति :आषाढ १८, २०८२ बुधवार - ०९:५६:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको