Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निजामती विधेयकले संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न : माओवादी केन्द्र 

निजामती विधेयकले संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न : माओवादी केन्द्र 

जोईन खबर

१८, आषाढ २०८२
  • 490
    SHARES
  • निजामती विधेयकले संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न : माओवादी केन्द्र 

    १८ असार काठमाडौँ । नेकपा माओवादी केन्द्रले निजामती विधेयकमा भएको छेडखानीले सिंगो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको बताएको छ ।पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्‍याइयो र छानबिन हुनुपर्ने बताए ।

    images

    विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा एकाध व्यक्तिको मात्र दुस्साहस नभई सुनियोजित तरिकाले गरिएको धृष्टता भएको उनको जिकिर छ ।उनले भने, ‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी जे सहमति भएको थियो, सदनमा प्रस्तुत र पारित हुँदा भने फरक पारिएको छ ।

    images
    images
    images

    संसदमाथिको धोका, मानमर्दन र अपमान भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पुर्‍याएको समेत उनले बताए । सुशासनका लागि कोशेढुंगा साबित हुने जनताको अपेक्षा विपरीत गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाजीले संसदीय मूल्य९मान्यतालाई ठाडो चुनौतीसमेत दिएको छ ।

     

    प्रकाशित मिति :आषाढ १८, २०८२ बुधवार - १५:१९:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको