१८ असार काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीमा आफ्नो संलग्नता रहे जस्तोसुकै सजाय भोग्न पनि तयार भएको बताएका छन् ।
बुधबार समितिको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छु,’ सभापति खतिवडाले भने, ‘गल्ती देखियो भने रामहरी खतिवडा जस्तोसुकै सजाय भागी बन्न तयार रहेको बताए ।
उनले निजामती विधेयकको कुनै पनि इस्यूमा समितिको कार्यअधिकार भन्दा बाहेकमा रहेर कहिल्यै पनि कुनै शब्द नथपेको बताए ।आफ्नो समितिले विभिन्न ठूला उपलब्धि गरेको भए पनि यसपटकको यो विषयलाई लिएर खुइल्याउने काम हुन थालेको पनि बताए । त्यसलाई कन्ट्रोल गर्नका लागि पनि हामीले कुलिङ पिरियड ल्यायौं,’ खतिवडाले भने ।