१८ असार काठमाडौँ । गोरखाको आरुघाटमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । आरुघाट गाउँपालिका–४ धारस्वाँराका ७१ बर्षीय क्षेत्रबहादुर थापा गुईखोला खहरे दोभान नजिकै चप्पल किन्न भन्दै घरबाट निस्केका वृद्ध मृत अवस्थामा फेला परेका हुन् ।
चप्पल किन्न भनेर उनी आइतवार साँझ घरबाट निस्केका थिए । त्यसयता सम्पर्कविहीन उनी मंगलवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आरुघाट आधारभूत अस्पतालमा उनको शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।