१८ असार काठमाडौँ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दुम्किबासको विनयी खोलाको पुल निर्माण गरिएको छ।नारायणगढ–बुटवल सडक योजनाले उक्त पुल बिहीबारबाट सञ्चालनमा आउने जानकारी दिएको छ।
भोलि असार १९ गते बिहान ११ बजेदेखि नव निर्मित पुलबाट यातायात सञ्चालन हुने भएको छ ।
गत पुस २६ गते अत्यधिक लोड बोकेको भारतीय ट्रकले उक्त पुलमा क्षति पुर्याएपछि डाइभर्सन गर्नुपरेको थियो।विनयी खोलामा कल्भर्ट हालेर डाइभर्सन गरिँदै आएको भए पनि खोलामा बाढी आउनेबित्तिकै आवागमन प्रभावित हुँदै आएको थियो।