Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टी २० महिला क्रिकेट कास्कीले नवलपुरलाई हरायो, पर्वत र स्याबजाले अंक बाड्यो

टी २० महिला क्रिकेट कास्कीले नवलपुरलाई हरायो, पर्वत र स्याबजाले अंक बाड्यो

जोईन खबर

२०, आषाढ २०८२
  • 631
    SHARES
  • टी २० महिला क्रिकेट कास्कीले नवलपुरलाई हरायो, पर्वत र स्याबजाले अंक बाड्यो

    २० असार पोखरा ।पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याब्जाले अंक बाडेका छन् । प्रदेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्यदिएको नवलपुरलाई ७८ रनमै समेट्दै कास्कीले लगातार दोस्रो जित हासिल गरेको हो ।

    images

    नवलपुरले २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो । नवलपुरका लागि यमुना पंगेनी ७ र वर्षा सुनार शुन्यमा अविजित रहे । मोनिका लामिछाने २२, धनकुमारी क्षेत्री ८, लिजा गुरुब शुन्य, श्रेया शर्मा ४, आयुषा चापागाईँ ३, पुर्णिमा सुनार ७ र वर्षासुनार शुन्यमा आउट भइन् ।कास्कीका लागि चन्द्रमाया बराल २ तथा श्रद्धा गुरुब, रेखा तामाब र रिया तामाबले समान १÷१ विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिब थालेको कास्कीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । कास्कीका लागि रचना चौधरीले २५ र चन्द्रमाया बरालले १५ रनको अविजित पारि खेले ।

    images
    images
    images

    कप्तान सिर्जना पौडेल २७ रनमा आउट भइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् । श्रद्धागुरुब ८, शिखा दवाडी १५, रेखा तामाब २ रनमा आउट भइन् ।नवलपुरका लागि यमुना पंगेनीले २ तथा श्रेया शर्मा र आयुषा चापागाईँले समान १÷१ विकेट लिए ।उता दोस्रो खेलमा पर्वत र स्याब्जाले वर्षाका कारण खेल रोकिएपछि अंक बाडेका छन् । १४६ रनको विशाल लक्ष्य पाएको पर्वतले १.१ ओभरमै २ विकेट गुमाउँदै ३ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो ।

    लगातार वर्षाभएपछि खेल हुन नसक्दा दुवै टिमले अंक बाडेका हुन् । वर्षा हुनुअघि ओपनर शुसिला भट्टराई ३ रनमा अविजित रहँदा योगिता केसी क्याचआउट भइन भने जिविका क्षेत्री शुन्यमा रनआउट भइन् । स्याब्जाका लागि निरु जिटीले १ विकेट लिइन् ।त्यसअघि टस जितेर ब्याटिब थालेको स्याब्जाले २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनायो । स्याब्जाका लागि सिमाना केसीले ३३ रनको योगदान दिइन् । उनले ३८ बलमा २ चौका प्रहार गरिन् । श्रेया शाह १९, सलिना सेन १३ रनमा आउट भइन् । ज्योत्सनिका मरासिनी २४ रनमा रिटायर्ड आउट भइन् । कुशुम गोदार ४ र निरु जिटी ४ रनमा नटआउट रहिन् ।
    पवर्तका लागि दिपिका सापकोटाले २ तथा प्रतिभा खड्काले १ विकेट लिइन् ।

    प्रकाशित मिति :आषाढ २०, २०८२ शुक्रवार - ११:१९:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको