Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ  दिने असार २२ गते सम्म

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ  दिने असार २२ गते सम्म

जोईन खबर

२०, आषाढ २०८२
  • 910
    SHARES
  • विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ  दिने असार २२ गते सम्म

    २० असार काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ खरिदका लागि आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले गत वैशाख १५ गते प्रतिसेयर १०० रुपैयाँ अङ्कित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोही अनुरूप कम्पनीले आम सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको हो ।

    images

    कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्र र अति प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सेयर निष्काशन गरिसकेको छ । जसअनुरूप नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर गत जेठ ६ गतेदेखि २० गतेसम्म जारी गरिएको थियो ।

    images
    images
    images

    त्यसैगरी, आयोजनाबाट अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न।४ र ५ मा स्थायी बसोबास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा न। १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानीयका लागि ५ लाख ४५ हजार ४६१ कित्ता सेयर जारी गरिएको थियो ।आम सर्वसाधारणले न्यूनतम् १० कित्ता र अधिकतम्मा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । छिटोमा असार २२ गते  र ढिलोमा असार ३२ गते आइपिओ निष्कासन बन्द हुनेछ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ २०, २०८२ शुक्रवार - १६:५२:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको