२३ असार काठमाडौँ । जाजरकोटका डिभिजन वन कार्यालय प्रमुख अमरप्रसाद शाहमाथि एक अज्ञात समूहले कार्यकक्षमै हातपात गरेका छन् । आइतवार दिउँसो साढे ३ बजे उहाँको कार्यालयमा काम गरिरहेको समयमा चार जनाको समूहले हातपात गरेको हो।
डिभिजन वन कार्यालयका सूचना अधिकारी अजय रावलले वीरबहादुर शाहीसहित चार जनाले प्रमुख शाहमाथि हातपात गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरीका अनुसार घटनाको पुष्टि गर्दै हातपात कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । केही दिनअघि प्रमुख शाहसहित अन्य कर्मचारी कार्यालयमै बसेर मदिरा सेवन गरिरहेको भिडियो सार्वजनिक भएको थियो।