२३ असार काठमाडौँ । नेपालका गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेश मन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच सोमबार भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसँग स्वीटजरल्याण्डका विदेश मन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले सोमबार भेटवार्ता गरेको गृह मन्त्रालयको सचिवलयले जनाएको छ ।
भेटमा गृहमन्त्री लेखकले दुई देशबीचको मित्रवत् सम्बन्ध, नेपालको विकास निमार्ण र शान्ति प्रक्रियामा स्वीटजरल्याण्डको सहयोगको प्रशंसा गरेका थिए । भेटमा दुई देशको विकास, आर्थिक मुद्दाहरूमा साझेदारी गर्ने लगायतका विषयमा कुराकानी भएको हो ।