२४ असार काठमाडौँ । नेकपा एमालेले बाढी(पहिरो पीडितको राहत र उद्धारमा खट्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत र उद्धार प्रभावकारी रुपमा गर्न सरकारसँग माग गरेको हो ।
प्राकृतिक विपद्को विषय परिस्थितिमा उद्दार, राहत र बेपत्ताको खोजीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ । पार्टीका उपमहासचिव भक्त कुमारी लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै एमाले बागमती प्रदेश कमिटी, जनवर्गीय संगठन, मातहत कमिटीका सम्पूर्ण कार्यकर्ताहरूलाई बाढी उद्दार र रात कार्यमा सक्रिय सहभागी हुन पार्टीले निर्देशन दिएको छ ।
