Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने

शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने

जोईन खबर

२४, आषाढ २०८२
  • 628
    SHARES
  • शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने

    २४ असार काठमाडौँ । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम÷आईटीएफ÷एटीएफ यु–१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छन् । शिभालीले फ्रान्समा २ तथा जर्मनी र बेल्जियममा समान १–१ प्रतियोगिता खेल्ने छिन् ।

    images

    प्रतियोगिता खेल्नुअघि शिभाली जुलाइ ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुने छिन् । त्यसपछि शिभालीले जुलाइ १४ देखि २० तारिखसम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा प्रतिस्पर्धा गर्ने  छिन् ।जुलाइ २१ देखि २७ तारिखसम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा सहभागी हुने छिन् । जुलाइ २८ देखि अगष्ट ३ तारिखसम्म जर्मनीको डुरेनमा हुने इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेनमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । अगष्ट ४ देखि १० तारिखसम्म बेल्जियममा हुने यङ च्याम्पियनसिप कपमा सहभागी हुने छिन् ।

    images
    images
    images

    शिभाली बुधबार फ्रान्स प्रस्थान गर्दै छिन् ।उक्त प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुन् । एसियामा चौथो वरीयता प्राप्त गरेपछि शिभाली छनोट भएको नेपाल टेनिस संघले जनाएको छ । एसियाबाट समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडी मात्र प्रतियोगिताका छनोट भएका थिए ।शिभालीलाई नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, सदस्य अजय विष्ट र निरेश श्रेष्ठलगायतले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    प्रकाशित मिति :आषाढ २४, २०८२ मंगलवार - १७:२७:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको