२४ असार काठमाडौँ । बाढीका कारण रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहका १४ कामदार बेपत्ता भएका छन् ।नेपाल इन्टरमोडल विकास समितिले बाढीमा १४ जना कामदार बेपत्ता पुष्टि गरेको हो । बेपत्ता हुनेमा ८ नेपाली र ६ चिनियाँ कामदार छन् ।
बाढीका कारण निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा ६० प्रतिशत भौतिक क्षति भएको पाइएको छ । भौतिक क्षतितर्फ रिटेलिङ वाल ४ सय मिटर पूरै बगेको छ । बेचिङ प्लान्ट पूरै बगेको छ ।
लिटिगेसन सेड र वेयरहाउसमा समेत क्षति पुगेको छ ।बाढीका कारण इन्स्पेक्सन सेड र ट्वाइलेट ब्लकमा समेत क्षति भएको छ । वेयरहाउसको फाउन्डेसन पूरै बगेको छ । पार्किङ क्षेत्रमा पूर्णक्षति भएको छ भने बालुवा र गिट्टीले भरिएको छ ।यसप्रकार यो संरचनाको ६० प्रतिशत क्षति भएको देखिएको छ ।