Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बङ्गलादेश जाने नेपाली २० वर्षमुनिको महिला फुटबल टोलीलाई बिदाइ

बङ्गलादेश जाने नेपाली २० वर्षमुनिको महिला फुटबल टोलीलाई बिदाइ

जोईन खबर

२४, आषाढ २०८२
  • 724
    SHARES
  • बङ्गलादेश जाने नेपाली  २० वर्षमुनिको महिला फुटबल  टोलीलाई बिदाइ

    २४ असार काठमाडौँ । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबल खेल्न बङ्गलादेश जाने नेपाली टोलीको बिदाइ भएको छ ।अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो ।

    images

    बिदाइ कार्यक्रममा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतको उपस्थिति थियो ।चार वटा देश सहभागी २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आउँदो शुक्रवारदेखि साउन ५ गतेसम्म बङ्गलादेशमा हुँदैछ ।

    images
    images
    images

    प्रतियोगितामा नेपाल, पूर्वविजेता तथा आयोजक बङ्गलादेशसहित भूटान र श्रीलङ्का सहभागी छन् । प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई पटक खेलपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।नेपालले आउँदो शुक्रवार भूटानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

    प्रकाशित मिति :आषाढ २४, २०८२ मंगलवार - १८:२५:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको