Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेशमा मगर र गुरुङ दुई भाषालाई सरकारी कामकाज भाषाको रुपमा प्रयोग

गण्डकी प्रदेशमा मगर र गुरुङ दुई भाषालाई सरकारी कामकाज भाषाको रुपमा प्रयोग

जोईन खबर

२५, आषाढ २०८२
  • 574
    SHARES
  • गण्डकी प्रदेशमा मगर र गुरुङ दुई भाषालाई सरकारी कामकाज भाषाको रुपमा प्रयोग

    २५ असार काठमाडौँ । गण्डकी प्रदेशमा अब  मगर र गुरुङ दुई भाषालाई सरकारी कामकाज भाषाको रुपमा हिजो प्रदेश सभा बैठकले गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न बनेको विधयेक पारित भएको हो ।

    images

    सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक पारितका लागि पेश गरेका थिए।सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरकोमा नेपाली कांग्रेस र एमालेका सांसद पक्षमा हुँदा नेकपा माओवादी केन्द्र र राप्रपाका सांसद तटस्थ बसेपछि सर्वसम्मतिले पारित भएको घोषणा गरे।

    images
    images
    images

    प्रदेश सरकारका मन्त्रालय, आयोग, निर्देशनालय, कार्यालय, संगठित संस्था र कार्यालयले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्नेछ।गत फागुन २३ मा प्रदेश सभामा पेश भएको विधेयकमाथि २१ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए। संशोधन प्रस्तावमा भाषामा अस्पष्टताको विषयसहित १९ विषय समावेश थिए।

     

    प्रकाशित मिति :आषाढ २५, २०८२ बुधवार - १२:४१:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको