Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिविको उपकुलपतिमा प्रा.डा.अर्याल नियुक्त

त्रिविको उपकुलपतिमा प्रा.डा.अर्याल नियुक्त

जोईन खबर

२५, आषाढ २०८२
  • 817
    SHARES
  • त्रिविको उपकुलपतिमा प्रा.डा.अर्याल नियुक्त

    २५ असार काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा.डा.दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस भएकामध्येबाट प्रा.डा. अर्याल नियुक्ती गरेका हुन् ।

    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो।

    images
    images
    images

    जसमा उपकुलपति प्रा.डा.खड्ग केसी,प्रा‍।डा.विनिल अर्याल र प्रा.डा.दीपक अर्याललाई सिफारिस गरेको थियो।

    उपकुलपति प्रा.डा.केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।

    प्रकाशित मिति :आषाढ २५, २०८२ बुधवार - १५:१०:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको