२६ असार काठमाडौँ । प्यालेस्टाइनमाथि इजरायलले ज्याजदी गरेको भन्दै नेकपा माओवादी केन्द्रसहित १२ वटा राजनीतिक घटकहरूले भोली काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी रहेको छ । भोली असार २७ गते काठमाडौँमा संयुक्त जनप्रदर्शन गर्ने निर्याय भएको हो ।
इजरायली सरकारले अमेरिकी साम्राज्यवादको संरक्षणमा गाजा लगायतका क्षेत्रमा आक्रमण र मानवअधिकार उल्लङ्घन गरेको भन्दै यो प्रदर्शनको आयोजना गरिएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
सामाजिक तथा राजनीतिक रूपमा यो विषयमा साझा धारणा राख्ने १२ वटा राजनीतिक दलहरूबिच असार २३ गते संयुक्त बैठक बसेको थियो । उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा साझा प्रदर्शनको तयारी गरिएको माओवादीको भनाइ छ । भोली हुने जनप्रदर्शन शान्तीबाटीकबाट सुरु हुने छ ।