Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अब उपत्यकामा अनावश्यक रूपमा हर्न बजाउने सवारीसाधनलाई कारबाही गर्ने तयारी

अब उपत्यकामा अनावश्यक रूपमा हर्न बजाउने सवारीसाधनलाई कारबाही गर्ने तयारी

जोईन खबर

२७, आषाढ २०८२
  • 601
    SHARES
  • अब उपत्यकामा अनावश्यक रूपमा हर्न बजाउने सवारीसाधनलाई कारबाही गर्ने तयारी

    २७ असार काठमाडौँ ।  अब आज देखि काठमाडौँ  उपत्यकामा अनावश्यक रूपमा हर्न बजाउने सवारीसाधन  कारबाही गर्ने निर्णय भएको छ । जो केहीले पनि बिना समस्य शर्न बजाउने सवारी साधनको चालकविरुद्ध ट्राफिक प्रहरीले कडा निगरानी गरेर कानुनी  कारबाही गर्ने भएको हो ।

    images

    काठमाडौँ  उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार जारी गरेको एक सूचनामा अत्यावश्यक र विशेष परिस्थितिबाहेक हर्न नबजाउन आग्रह गरिएको छ ।ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय अनावश्यक हर्न प्रयोगले उपत्यकामा ध्वनी प्रदूषण तीव्र रूपमा बढेको जनगुनासो प्राप्त हुँदै आएको छ ।

    images
    images
    images

    लाखौं सवारीसाधन सञ्चालन हुने काठमाडौँमा  यस्तो ध्वनी प्रदूषणले ज्येष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणमा मानसिक तथा स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न भइरहेको उल्लेख गरिएको छ ।ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४(१) ३ अनुसार ध्वनी प्रदूषण गर्नु गैरकानूनी हुने स्पष्ट गर्दै अनावश्यक हर्न बजाउने चालकहरूलाई कानूनी कारबाही गरिने चेतावनी दिएको छ ।

    प्रकाशित मिति :आषाढ २७, २०८२ शुक्रवार - १०:३०:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको