३१ असार काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ । गृह मन्त्रालयले आज गृहमन्त्रीस्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भए संगै खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई जिम्मेवारी दिने तयारी भएको हो ।
अहिले सुरुवा भएका कोइराला ६ जेठमा पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरेर विमानस्थल अध्यागमनमा ल्याइएको थियो ।अख्तियारले तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि छानबिन गरिरहेको थाहा पाएपछि मन्त्रालयले उनलाई हटाएर कोइरालालाई जिम्मेवारी दिएको थियो ।
भोलिपल्ट कोइराला हाजिर हुन आउन नपाउँदै अख्तियारले विमानस्थलमा छापा मारेको थियो । सहसचिव भट्टराई पक्राउ परेका थिए ।पछि हाजिर जमानतमा उनी छुटेका थिए । कोइरालाको २५ २७ दिनमा नै सुरुवा गरेर घिमिरेलाई जिम्मेवारी दिएको हो ।