Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट गाउँपालिकाले एसईई परिक्षामा  उत्कृष्ट नतिजा ल्याउने सूर्य ज्योतिमा वि का अनुपम श्रेष्ठलाई एक लाखसहित सम्मान पत्र

बारपाक सुलिकोट गाउँपालिकाले एसईई परिक्षामा  उत्कृष्ट नतिजा ल्याउने सूर्य ज्योतिमा वि का अनुपम श्रेष्ठलाई एक लाखसहित सम्मान पत्र

जोईन खबर

३२, आषाढ २०८२
  • 13.8K
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिकाले एसईई परिक्षामा  उत्कृष्ट नतिजा ल्याउने सूर्य ज्योतिमा वि का अनुपम श्रेष्ठलाई एक लाखसहित सम्मान पत्र

    ३२ असार काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाले एसईई परिक्षामा गाउँपालिका भित्रको सामुदायिक विद्यालय अध्यान गरि सबै बिधार्थीले भन्दा धेरै जिपिए  प्राप्त गर्नेलाई बिधार्थीलाई नगद एक लाख रुपैयाँ पुरस्कार सहित सम्मान पत्र दिएको छ । गाउँपालिका वडा न ६ ताकुकोटमा रहेको सूर्य ज्योतिमा वि मा अधयानरत छात्र अनुपम श्रेष्ठले एसईई परिक्षामा सहभागि मध्यमा सबै भन्दा उत्कृष्ट नतिजा ४ जिपिए हाँसिल गरेको भन्दै पालिकाले एक कार्यक्रम बिच नगद एक लाख प्रदान गरेको हो ।

    images

    S5.jpg

    images
    images
    images

    गाउँपालिका भित्रका सामुदायिक विद्यालयको एसईई परिक्षा २०८१ को नतिजा बारे समिक्षा तथा उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । यस्तै ३.६ जिपिए हासिल गर्ने सोही विद्यालयका छात्र सुजल थापालाई १५ हजार रुपैयाँ र समान पत्रले सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताउनु भयो । कार्यक्रममा अंग्रेजी शिक्षक दिनेश गुरुङ, विज्ञान तथा प्रविधि शिक्षक विपन गुरुङ, शिक्षा विषयका शिक्षक कृष्ण कुमारी गुरुङ, अर्थशास्त्र विषय शिक्षक नारायण श्रेष्ठलाई उत्कृष्ट विषयगत शिक्षकको रूपमा सम्मान गरिएको हो ।

    S4.jpg

    यसैगरी अनिवार्य गणित शिक्षक शंकर देव भट्ट, लेखा तथा कार्यालय सञ्चालक शिक्षक मन कुमारी थापा, सामाजिक शिक्षक रामचन्द्र अधिकारी, ऐच्छिक गणित शिक्षक चेतबहादुर थापा र नेपाली शिक्षक रित थापा मगरलाई पनि सम्मान गरिएको थियो।उनीहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर नगद ५ हजार प्रदान गरिएको शिक्षा संयोजक भिम कुमार  श्रेष्ठले बताए । पालिकाबाट २०८१ एसईई परिक्षामा २९४ जना सहभागि भएकोमा ६२ प्रतिशत उर्तिण भएका थिए । गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सुवास आले, वडा नं. ६,७ र ८ का वडाध्यक्षहरु, पालिका भित्रका सबै सामुदायिक विद्यालयका प्र.अ एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

    S1.jpgS2.jpgS3.jpg

    प्रकाशित मिति :आषाढ ३२, २०८२ बुधवार - १०:५७:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको