३२ असार काठमाडौँ । नेपाली नायिका तथा मोडल शुभेच्छा खड्का एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को अफिसियल प्रिजेन्टर नियुक्त भएकी छन् । आयोजक ईन्फिनिटी ड्रिम्सले कला क्षेत्रको चर्चित नाम खड्कालाई लिगको दोस्रो संस्करणको लागि अफिसियल प्रिजेन्टरको रुपमा नियुक्त गरेको हो।यस क्रममा खड्काले ईडब्लुभिएलको दौरान हुने सम्पूर्ण गतिविधिदेखि खेलाडी अक्सनरको रुपमा समेत काम गर्नेछिन् ।
उनी नेपाली भलिबलमा पहिलो महिला अक्सनरको रुपमा समेत रहनेछन् ।नेपालको मात्र नभएर एसियाकै पहिलो महिला फ्रेन्चाइज लिगको रुपमा रहेको ईडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुँदैछ । त्यसको लागि खेलाडी अक्सन साउन २ गते काठमाडौंमा हुनेछ ।नेपाली मनोरञ्जत जगतमा कलाकार, मोडल, कार्यक्रम प्रस्तोता, टिभी होस्टको रुपमा छुट्टै छाप बनाइसकेकी शुभेच्छा खड्काको आबद्धताले ईडब्लुभिएलको प्रवर्दधनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।साथै खड्का सन् मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ समेत हुन् ।

उनले त्यस माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा समेत चिनाएकी छन् ।शुभेच्छा खड्कालाई इडब्लुभिएलको अफिसियल प्रिजेन्टरको रुपमा राख्न पाउँदा हामी खुशी छौँ। यो महिला शसक्तिकरणका लागि आयोजना गरिएको लिग हो र यसमा उहाँ जोडिदा यसले अझ धेरै उचाई लिने विश्वास छ ।इडब्लुभिएलको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशविससहित काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, मधेश युनाइटेड र पोखरा निन्जाले प्रतिस्पर्धा गर्नेछन् ।ईडब्लुभिएलसँग जोडिएपनि कलाकार खड्काले आफू एकदमै उत्सहित रहेको बताएकी छन् ।
नमस्ते नेपाल, म हुँ तपाईंको प्रिजेन्टर शुभेक्षा खड्का र भलिबल हो हाम्रो राष्ट्रिय खेल। एसियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिगको अफिसियल प्रिजेन्टर हुन पाउँदा म एकदमै धेरै उत्साहित छु ।ु शुभेक्षाले भनिन् । ुयस सिजन म साइडलाइन मात्र नभएर अक्सन देखि लकरुम सेलेब्रेसनसम्म एक्सक्लुसिभ जानकारी लिएर आउनेछु ।ईडब्लुभिएल लिग मात्र नभएर कोर्ट भित्र र कर्ट बाहिर महिलाले लिड गर्ने माध्यम पनि रहेको खड्काले बताइन् ।