१ साउन काठमाडौँ । रामेछापको उमाकुण्ड गाँउपालिका — ६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ ।बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल काठमाडौं ल्याएको छ । वर्षाको कारण सडक राम्रो नभएकोले सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर सुनुवारलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
उनको अवस्था नाजुक छ ।खुकुरी प्रहारपछि फरार रहेका रजिन भाग्दै गरेको अवस्थामा उमाकुण्डकै भुजी भन्ने ठाउँबाट पक्राउ परेका छन् ।घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको रामेछापका प्रहरी प्रमुख भोला भट्टले जानकारी दिए ।