Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टेबलटेनिस लिगको मुख्य प्रायोजकमा स्ट्याग ग्लोबलको निरन्तरता

टेबलटेनिस लिगको मुख्य प्रायोजकमा स्ट्याग ग्लोबलको निरन्तरता

जोईन खबर

२, श्रावण २०८२
  • 745
    SHARES
  • टेबलटेनिस लिगको मुख्य प्रायोजकमा स्ट्याग ग्लोबलको निरन्तरता

    २ साउन काठमाडौँ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मिति २०८२ भाद्र ०१ देखि ०६ गतेसम्म “स्टयाग गोल्बल च्याम्पियन्स लिग – सिजन थ्री” हुने भएको छ ।यस प्रतियोगिताको तेस्रो संस्करणमा पनि स्टयाग गोल्बल प्रा.लि.इंडियाले मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरको रुपमा निरन्तरता दिने भए को छ ।

    images

    आज स्ट्याग गोल्बल प्रा।लि।का अध्यक्ष विवेक कोहली र स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नबित श्रेष्ठ बीच संझौता भए को छ । प्रतियोगितालाई आवश्यकता पर्ने टेबल टेनिस टेबल, रेफ्री कुसीर्, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किट, आदि पन्ध्र लाख बराबरको सम्पूर्ण सामग्रीहरु प्रदान गर्नेछ ।

    images
    images
    images

    छ दिन सम्म चल्ने यस मिक्स टिम लिग प्रतियोगितामा देश भरका विभिन्न क्लबहरुले सहभागिता जनाउने छन् भने सहभागी क्लबले एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गराउन पाउने छन् ।

    प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैंया रहेको छ । यस प्रतियोगितामा प्रथम हुने टिमले नगद रु। तीन लाख रुपैयाँ सहित रनिङ्ग ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् भने द्वितीय हुने टिमले नगद रु. एक लाख पचास हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् र तृतीय हुने ९दुवै सेमी–फाइनलिष्ट० टिमले नगद रु.पचहत्तर हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

    प्रकाशित मिति :श्रावण २, २०८२ शुक्रवार - १६:१९:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको