Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरिना युकेमा सम्मानित

सरिना युकेमा सम्मानित

जोईन खबर

५, श्रावण २०८२
  • 718
    SHARES
  • सरिना युकेमा सम्मानित

    ५ साउन काठमाडौँ । अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई धादिङ–नुवाकोट समाज युकले सम्मान गरेको  छ ।अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।

    images

    सरिनालाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा र समाजका अध्यक्ष धनबहादुर तामाङले एनुएल समर गेट टुगेडर कार्यक्रममा प्रशंसा पत्रसहित सम्मान गरे ।सरिनाले युकेमा भएको २ प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । सरिनाले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप तथा डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जितेकी हुन् ।

    images
    images
    images

    यसअघि सरिनालाई सोही सफलताको करद गर्दै तमु धि समाज युके र मगर एसोसिएसन युकेले पनि सम्मान गरेको थियो ।नुवाकोट किस्पाङ गाउँपालिका १ की सरिना युकैमै मास्टर्स अध्ययन गरिरहेकी छन् ।

    तेश्रो डान सरिनाले युकैमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलाइट वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाउने तयारी गरिरहेको अध्यक्ष राईले जानकारी गराए ।

    प्रकाशित मिति :श्रावण ५, २०८२ सोमवार - १३:१०:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको